काठमाडौंसहित विभिन्न स्थानमा वर्षाको सम्भावना

काठमाडौं। शनिबार बिहानैदेखि देशभरको मौसममा बदली भएको छ। मौसम पूर्वानुमान महाशाखाले प्रकाशन गरेको बुलेटिनअनुसार स्थानीय वायुसँगै पश्चिमी वायुको प्रभावले देशभर मौसम आंशिकदेखि सामान्यसम्म बदली भएको हो।

महाशाखाका अनुसार आज दिउँसो प्रदेश १, प्रदेश २, बागमती, गण्डकी, कर्णाली तथा सुदूरपश्चिम प्रदेशका विभिन्न स्थानमा मेघगर्जनसहित वर्षा हुने सम्भावना छ।

मौसमविद् गंगा नगरकोटीका अनुसार बिहान पौने ६ बजेको मापनअनुसार काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम १२ डिग्री सेल्सियस छ।

मौसम महाशाखाले जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार आज राति पनि प्रदेश नं १ को पहाडी भेगका एक वा दुई स्थानमा मेघगर्जनरचट्याङसहित हल्का वर्षा हुने सम्भावना छ।

अन्य सम्बन्धित समाचार:  तालाबन्दी नखुल्दा सेवाग्राही मारमा