प्रचण्ड दूत बनेर जसपा अध्यक्ष ठाकुरलाई भेट्न उनकै निवासमा पुगे वर्षमान पुन

काठमाडौं। जनता समाजवादी पार्टीका अध्यष महन्त ठाकुरलाई भेट्न माओवादी केन्द्रका तर्फबाट बर्षमान पुन ठाकुरकै निवास पुगेका छन्।

सत्ता सहकार्यका लागि जनता समाजवादी पार्टी (जसपा)ले प्रमुख तीन दलसँग छलफल जारी राखेको छ। नेकपा एमाले, नेपाली काग्रेस र माओवादी केन्द्रसँग छलफल गर्दै आइरहेको जसपाले शुक्रबार माओवादी केन्द्रसँग भेटवार्ता गरेको छ।

प्रचण्डका दूत बनेर कौशलटारस्थित ठाकुरको घरमै पुगेका पुनले सत्ता समिकरणबाट कुरा राखेका थिए।
पुनले ठाकुरसँग उनीहरूका मागका विषयमा कुरा राखेका थिए।  तर ठाकुरले स्पष्ट जवाफ नदिएको स्रोतले जानकारी दियो।

स्रोतका अनुसार ठाकुरले आफूहरू अरूभन्दा केपी ओलीसँग केही सहज हुने संकेत दिएका थिए।जसपाले जेलमा रहेका सांसद रेशम चौधरीको रिहाइ, झुटा मुद्दा फिर्ता, संविधान संशोधन, लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्नुपर्ने, नागरिकता विधेयक ल्याउनुपर्नेलगायतका माग गर्दै आइरहेको छ। तत्काल रेशम चौधरीलाई रिहा गरेपछि सरकारमा जानेबारेमा पार्टीले निर्णय गर्ने बताउँदै आएको छ।

अन्य सम्बन्धित समाचार:  कोभिड–१९ विरुद्धको लडाइँमा सकारात्मक सहयोग आवश्यक: उपप्रधानमन्त्री

जसपा अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो समूह प्रधानमन्त्री केपी शर्मा ओलीलाई समर्थन गरेर ओली सरकारमै सहभागी हुनुपर्ने पक्षमा देखिएका छन्।

तर, जसपा संघीय परिषद्का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई र अध्यक्ष उपेन्द्र यादव समूह ओली इतरको सरकारमा सहभागी हुनुपर्ने अडानमा रहेको जसपा स्रोतले जनाएको छ।

जसपामा दुई पक्षको फरक फरक अडानका कारण उसले कुनै निर्णय लिन सकिरहेको छैन।