बा ! तपाईको लागि एउटा पाना भर्न सकिन…

रोज सापकोटा, भक्तपुर। 

एकपल्ट हेर्न मन लाग्यो
हुक्काको धुवाँ फर्काए जसरी
हाम्रो फुलबारीमाथि लागेको तुवाँलो
माकुराको जालोहरुलाई
हाम्रो शिर अड़ने सिरानीमाथि लागेको।।।

भागेर पछाडि जान मन लाग्यो
हेरौँ न त्यो हैरानको समय देखाउने घडी
पानी चुहिने खरको छानो
बहिनी र मलाई घरभित्रै छाता ओढाएर
आफू चुर्लुम्म भिजेको
त्यो समयको मनपरी
भोक र रोगले बा का फुलेका नशा शरीरभरि…

दौडिदा सायद आमाको कोखसम्म पुगिएला
त्यो खेल्ने आगँन
खेल्दा अडिने ढिस्को
आगँन मेरो आमाको कोख हो ढिस्को मेरो बा को ढाड
बा परदेशिदा मैले आमाको कोखमा ढिस्को भेटिन,

बा को छालाको चोटको औषधि
आमाको फरियाको टुक्रा
हामी सबैको दुखाईको औषधि आमाको मुस्कान…

अन्य सम्बन्धित समाचार:  अनमोललाई ७५ लाख अफर गरेको फिल्मको यस्तो छ नाम!

टाढाको स्कूल पनि नजिक हुने है
आमाले स्कूल छेउँसम्म पुर्याइदिदारु
आमाले किनेर दिनुभएको सुकी चक्लेट कहिल्यै नसकियोस् जस्तो लाग्ने

बा!
तपाईँले हजार कपि किनेर ल्याईदिदा तपाईको लागि एउटा कापीको पाना पनि भर्न सकिन
यो पृथ्वीमा न अट्ने बा को सारलाइ मैले कापीमा अटाउन दिइन
हो बा! मैले तपाईँलाई शब्दमा भर्न सकिन।

जीवनमा पहिलोपल्ट मैले म तपाईलाई अनुरोध गर्छुस्
बा! महिनावारी हुदा आमालाई पर नराखुम् न
म तपाइलाई खोज्दै खोज्दै त्यसैगरी बग्दै बग्दै आएको हूँ
मलाई यतिखेर त झनै आमाको काख औधी प्यारो लाग्छ बा १

बा! म कक्षामा प्रथम हुदा खुशीले उफ्रने तपाईँलाई
मैले म धेरैपटक हारेको कहानी भनेको छैन
म हाँस्दा तपाईँलाई मोती लस्कर लाग्छन्
मैले म धेरैपटक म रोएको कहानी भनेको छैन।

अन्य सम्बन्धित समाचार:  अनमोललाई ७५ लाख अफर गरेको फिल्मको यस्तो छ नाम!

मलाई त धेरै पछाडि गएर त्यो दुस्खमा अल्झिने मन छ
यो दुस्खलाई त्यो दुस्खको चुलीबाट हेर्न मन छ
बा ले गाउनुभएको,
आमाले नाँच्नुभएको
अनि मैले ताली पिटेको
त्यो भन्दा खुशी अर्को छ या छैन
त्यही चुलीबाट हेर्न मन छ
बा! मलाई धेरै पछाडि गएर
त्यही दुस्खमा अल्झिने मन छ।