संघीय लोकतान्त्रिक गणतन्त्रको गर्धनमाथि झुण्डिएका ओलीलाई हटाउन ढिला नगरौं : बाबुराम

काठमाडौं। जनता समाजवादी पार्टीको संघिय परिषद अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीलाई तत्काल पदबाट हटाउने कुरामा ढिला गर्न नहुने बताएका छन्।

हालको प्रश्न कोसँग सत्तासमीकरण गर्ने वा कोबाट तत्काल बढी लाभलिने भन्दा पनि संघीय लोकतान्त्रिक गणतन्त्रको विरुद्ध लागेका ओलीलाई कसरी तत्काल पदबाट हटाउने भन्ने कुरा प्रार्थमिकतामा राख्न पर्ने भट्टराईले जनाएका छन्।

‘ऐलेको यक्षप्रश्न कोसंग सत्तासमीकरण गर्ने वा कोबाट तत्काल बढी लाभलिने भन्ने हॅुदैहैनसअपितु अधूरो संघीय लोकतान्त्रिक गणतन्त्रको गर्धनमाथि झुण्डिएको खड्गप्रसादरूपी घातक खड्गलाई कसरी छिटो हटाउने भन्ने हो१ ‘ उनले लेखेका छन्।

ओलीलाई छिटो भन्दा छिटो पदबाट हटाएपछि मात्रै अन्य कुरा समाधान गर्नतर्फ लाग्नुपर्ने जनाउँदै भट्टराईले लेखेका छन् ‘अगाडि आएको बाघलाई पहिले लघारौसपछाडिका स्यालहरूसंग लड्दै गरौंला! कुनै गल्ती नगरौं!’

अन्य सम्बन्धित समाचार:  मुख्यमन्त्री पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता