बालुवाटार पुगे वामदेव गौतम

काठमाडौं। नेकपा एमालेका नेता वामदेव गौतम प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका छन्। नेकपा एमाले संसदीय दलको बैठक र केन्द्रीय कमिटी बैठकअघि गौतम वालुवाटार पुगेका हुन्।

प्रधानमन्त्री एवं दलका अध्यक्ष केपी शर्मा ओलीले बोलाएको बैठक माधवकुमार नेपाल पक्षले बहिष्कार गर्ने बताएको छ। नेपाल पक्षले बैठक बालुवाटारमा नभई सिंहदरबारस्थित संसदीय दलको कार्यालय वा संसद भवन बानेश्वरको कुनै हलमा राख्नुपर्ने शर्त राखेको थियो।

अन्य सम्बन्धित समाचार:  एमाले प्रवेश गरेका बादलको ठाउँमा ३५ दिनभित्र उपचुनाव हुने