एमाले संसदीय दलको बैठक सुरु

काठमाडौं। नेकपा एमालेको संसदीय दलको बैठक बालुवाटारमा सुरु भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार बिहान १० बजेका लागि बोलाएको बैठक १ घण्टा ढिला गरी सुरु भएको हो। आजको बैठकमा विधान संशोधन समितिले प्रस्ताव गरेको संशोधन प्रस्ताव, संसदीय बोर्डको पूर्णता लगायतका विषयमा छलफल हुने सांसद पदम गिरीले बताए। ‘आजको बैठकमा संसदीय दलको विधान संशोधन प्रस्ताव, संसदीय बोर्डको पूर्णता लगायतका विषयमा छलफल हुन्छ’, सांसद गिरीले भने।

त्यस्तै बैठकले वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल पक्षका सांसदहरुमाथि कारबाही गर्न सक्ने समेत गिरीले बताए। उनले नेपाल खनाल समूहका सांसदमाथि कारबाहीको तयारी अगाडि बढेको समेत जानकारी दिए। बैठकमा एमाले उपाध्यक्ष एवं राष्ट्रिय सभा सदस्य वामदेव गौतम पनि उपस्थित भएको सांसद विशाल भट्टराईले बताए। त्यस्तै एमाले वरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनाल पक्षले भने बैठकमा सहभागी नहुने बताइसकेको छ।

अन्य सम्बन्धित समाचार:  राष्ट्रपति भण्डारीद्वारा संसदको चालु अधिवेशन अन्त्य