करेन्ट लागेर शौच गर्न गएका युवकको मृत्यु

माेटरसाइकल

वीरगञ्ज। शौच गर्न गएका बारा जितपुर सिमरा उप महानगरपालिकाका एक युवकको शनिबार बिहान करेन्ट लागेर मृत्यु भएको छ। प्रहरीका अनुसार करेन्ट लागेर जितपुर सिमरा उप महानगरपालिका ५ बकुलिया टोल निवासी ३० वर्षीय युवक उपदेश चौधरीको मृत्यु भएको हो।

चौधरी बिहान घरबाट शौच गर्न मकै खेतमा गएका थिए। मकै खेतमा पस्ने क्रममा खेतमा जंगली जनावरबाट बाली जोगाउन प्रवाह गरिएको करेन्ट लागेर चौधरीको घटनास्थलमै मृत्यु भएको बाराका प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक गौतम मिश्रले बताए।

लापरबाही तरिकाले मनोमानी रुपमा करेन्ट प्रवाह गर्ने खेत धनी सोही स्थानका दिप नारायण चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको मिश्रले बताए।

अन्य सम्बन्धित समाचार:  खोलामा पौडी खेल्ने क्रममा दुईको मृत्यु