मागपत्र लिएर संसदीय दलको बैठकमा पुगे नेपाल पक्षका सांसद

काठमाडौं। नेकपा एमाले संसदीय दलको बैठकमा वरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनाल पक्षीय केही सांसदहरु पुगेका छन्। नेपाल–खनाल पक्षले उक्त बैठक बहिस्कार गरेको छ। आज बालुवाटारमा बसेको बैठकमा नेपालपक्षीय सांसदहरु सोम पाण्डे, यज्ञराज सुनुवार र जीवनराम श्रेष्ठ पनि आएको सांसद कृष्ण राईले बताए।

उनीहरुले आफूहरु नेपाल–खनाल पक्षीय ३८ सांसदको मागपत्रसहित तीनजना आएको भन्दै बैठकमा मागपत्र पेस गरे। मागपत्र पेस गरेर उनीहरु बाहिरिएको जनाइएको छ। यसअघि नेपाल पक्षधर रहेका सांसद कृष्णभक्त पोखरेल भने आजको बैठकमै सहभागी भए । उनले बैठकमा सम्बोधन पनि गरे।

अन्य सम्बन्धित समाचार:  जसपाको बैठक स्थगित