नेपाल–खनाल पक्षको ज्ञापनपत्र आएपछि ओलीले भने– गुटको प्रस्ताव स्वीकारिँदैन

काठमाडौं। नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनाल पक्षका तीन सांसद ज्ञापनपत्र लिएर बालुवाटार पुगेका छन्। सोम पाण्डे, जीवनराम श्रेष्ठ र यज्ञराज सुनुवार ज्ञापनपत्र लिएर बालुवाटार पुगेका हुन्।

तीन सांसदले ल्याएको ज्ञापनपत्र बुझेपछि दलका नेता एवं प्रधानमन्त्री केपी शर्मा ओलीले व्यक्तिगत रुपमा कुरा राख्न आग्रह गरेका छन्। ‘कुनै गुटगत र सामूहिक रुपमा आएको प्रस्ताव स्वीकारिँदैन। व्यक्तिगत ढंगले आएर आफ्नो कुरा राख्नुहोस्,’ प्रधानमन्त्री ओलीले भने।

अन्य सम्बन्धित समाचार:  मास्क लगाए मात्र सार्वजनिक सवारी र कार्यालयमा प्रवेश गर्न पाइने