प्रचण्डलाई धेरै सम्झाउन खोजें, तर मानेनन्ः वामदेव गौतम

काठमाडौं। नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले सर्वोच्च अदालतबाट एमाले र माओवादी केन्द्र ब्युँताउने फैसला आउनु ऐतिहासिक भएको बताए। आज बसेको एमाले संसदीय दलको बैठकमा सहभागी हुँदै गौतमले ऋषिराम कट्टेलको माग दाबी मात्रै फैसला भएको भए नेकपा न विभाजन न एकताको अवस्थामा रहने जानकारी दिए।

गौतमले सम्बोधनका क्रममा ४ पुसमा प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीचको वार्ता पनि सम्झिएँ। ‘पुस ४ गते प्रधानमन्त्री र प्रचण्डको वार्तामा साक्षी थिएँ। त्यो बेला प्रधानमन्त्रीले दुईवटा प्रस्ताव गर्नुभयो। १९ बुँदे आरोपपत्र फिर्ता लिने र मैले भनेको व्यक्तिलाई प्रधानमन्त्री बनाउने,’ उनले भने। तर, प्रचण्डले नमानेको गौतमले ब्रिफिङ गरे।

प्रचण्डलाई आफूले पनि धेरै सम्झाउन खोजेको बताए। ‘मैले धेरै सम्झाउन खोजें, उहाँले मान्नु भएन। मैले पार्टी एकता कुनै हालतमा जोगाउनुपर्छ भनें,’ उनले भने। संसद् विघटन गर्ने र अविश्वासको प्रस्तावबारे थाहा नपाएको पनि गौतमले बताए।

अन्य सम्बन्धित समाचार:  प्रधानमन्त्री ओलीद्वारा सबै दलसँग कोभिड–१९ को रोकथाम र नियन्त्रण गर्न आग्रह