नेपाल पक्षका सांसद पोखरेलले बालुवाटार पुगेर भने ओलीलाई साथ दिन्छौँ

काठमाडौं। वरिष्ठ नेता माधवकुमार र झलनाथ खनाल पक्षका सांसद कृष्णभक्त पोखरेल प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पक्षमा लागेका छन्। प्रधानमन्त्री ओलीले बोलाएको बैठकमा नजाने नेपाल पक्षको निर्णय विपरित पोखरेल बालुवाटार पुगेका थिए।

दलका नेताले बोलाएको बैठकमा जानुपर्ने अडान लिँदै आएका पोखरेल आज बालुवाटार बैठकमा गएका हुन्। पोखरेलले अब प्रधानमन्त्री ओलीलाई साथ दिने पनि प्रतिबद्धता जनाए। दलको बैठकमा बोल्दै पोखरेलले भने, ‘छुट्टै दलको बैठक या संसदीय दलको बैठक बस्नुपर्ने कुरा सकियो । अब मूलधारको एमालेमा लागें, कहीकतै गल्ती भए माफी पाउँ।’ पोखरेलले यो सरकारले पाँच वर्ष काम गर्नुपर्ने पनि जानकारी दिए।  ‘समृद्ध नेपाल, सुखी नेपाली’ ले बनाउने ओलीको अभियानलाई साथ दिने पनि पोखरेलले प्रतिबद्धता जनाए। 

 

अन्य सम्बन्धित समाचार:  बागमती प्रदेशसभा बैठक बस्दै