ओलीलाई नेपालको प्रस्तावः पुराना कुरा बिर्सन तयार छौं, नयाँ ढंगले अगाडि बढौं

काठमाडौं। नेकपा एमालेका बरिष्ट नेता माधवकुमार नेपालले पुराना कुरा बिर्सन तयार रहेको भन्दै नयाँ ढंगले अगाडि बढ्न प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग प्रस्ताव गरेका छन्।

उनले आफूहरू पार्टीभित्र सही कुराको लागि लडिरहेको भए पनि एकताको हात बढाउन तयार रहेको जानकारी दिए। आफूपक्षीय युवा संघको भेलालाई आज काठमाडौंमा सम्बोधन गर्दै नेता नेपालले ओलीले २०७५ जेठ ३ गते अगाडिको अवस्थामा फर्किन तयार भए आफूहरू नयाँ ढंगले अगाडि बढ्न तयार रहेको बताएका हुन्।

‘१२ औं केन्द्रीय कमिटी बैठक बालुवाटारमा बस्दैछ रे, नवौं मात्र बसेको थाहा छ। १० औं र ११ औं बैठक खै? बीचका २ वटा बैठक नभई तेस्रो बैठकमा लुरुलुरु बालुवाटार जाँदैनौं, हामी स्वाभिमानी व्यक्ति हौं,’ युवा भेलामा नेता नेपालले भने, ‘पुराना कुरा बिर्सन तयार छौं। फ्रेस स्टार्ट गरौं, यो मेरो प्रस्ताव हो। नयाँ ढंगले अगाडि बढौं। केपी कमरेड २०७५ जेठ ३ गते अगाडिको अवस्थामा फर्कनुस्।’

अन्य सम्बन्धित समाचार:  देशभर थप ६०३ जनामा कोरोना संक्रमण पुष्टि