ओली समुहको केन्द्रीय कमिटी बैठक सुरु

काठमाडौं। प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली समुहको केन्द्रीय कमिटी बैठक सुरु भएको छ। बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको हो।

बैठकले पार्टीको विधान अनुमोदन गर्ने जनाइएको छ। आजै बालुवाटारमा बसेको एमाले संसदीय दलको बैठकले दलको विधान संशोधनसहित पारित गरेको थियो। केन्द्रीय कमिटी बैठकमा समसामयिक राजनीतिक विषयमा पनि छलफल हुने बताइएको छ।

अन्य सम्बन्धित समाचार:  अनुशासन आयोगका प्रमुख बोहोराको ओलीलाई पत्रः सोमबारको बैठक तत्काल स्थगित गरौँ