केपी ओलीसँगको ४९ वर्षको मायाप्रिती कहाँ एक रातमा छुट्टिन्छ?: माधव नेपाल

काठमाडौं। नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपालले प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग छुट्टिने पक्षमा आफू नरहेको बताए। युवा संघको भेलालाई सम्बोधन गर्दै नेता नेपालले यस्तो बताएका हुन्।

नेता नेपालले अध्यक्ष ओलीसँग नछुट्टिने तर त्यसका लागि सबैले विधानका आधारमा चल्नुपर्नेमा जोड दिए। ‘मैले भनेको छु, विधानका आधारमा अगाडि बढौँ। प्रत्येक व्यक्ति कमिटी र संगठनको मातहतमा हुन्छ। केपी कमरेडले त्यो स्वीकार गरे हामी सँगै जाने पक्षमा छौँ। हामी केपी ओलीसँग छुट्टिने पक्षमा छैनौँ, नेता नेपालले भने, ‘त्यत्रो लामो समयको माया–प्रीति कहाँ एक रातमा छुट्टिन्छ? केपी ओलीसँगको मेरो माया प्रिति ४८र४९ वर्षको भयो थाहा छ?’

अन्य सम्बन्धित समाचार:  माथिल्लो तामाकोशीमा भइरहेको कामप्रति ओलीको आक्रोशः किन ढिलाइ भयो?