देशभर थप ७९ जनामा कोरोना संक्रमण पुष्टि

देशभर

काठमाडौं। पछिल्लो २४ घण्टामा देशभर थप ७९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यो संगै देशभर हालसम्म २ लाख  ७५ हजार ८२९ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार आज देशभर ८२ जना कोरोना संक्रमण पुष्टि भएको छ भने हाल देशभर ९९८ जना सक्रिय कोरोना संक्रमित रहेका छन्। साथै आज कोरोना संक्रमणबाट एक जनाको पनि मृत्यु नभएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

अन्य सम्बन्धित समाचार:  पत्रकार मिश्रको कोरोना संक्रमणका कारण मृत्यु