काठमाडौं। संसारमा कहिलेकाहीँ अचम्म भएको देख्न पाइन्छ। यो श्रृष्टिमा कहिले के हुन्छ, यो कुरा कसैलाई थाहा छैन। तर केहि कुरा यस्ता पनि छन्, जो देखेर डाक्टर पनि चकित छन्। एउटा यस्तै घटना भारतको हैदराबादमा पनि देखिएको छ।
हैदराबादको एक अस्पतालमा अनौठो बच्चाको जन्म भएको भारतीय सञ्चार माध्यमले जानकारी दिएका छन्। उक्त बच्चा आधा मानिस र आधा माछो जस्तो देखिन्छ। हैदराबादको पेटलाबुर्ज म्याटरनिटी हस्पिटलमा यो बच्चाको जन्म भएको जनाइएको छ। बच्चा देखेपछि सबै जलपरी भनिरहेका छन्। यो देखेर डाक्टर पनि चकित भएका छन्। यो एक रेयर बिमारी हो। जो १० लाखमा कोहि एकलाई हुनसक्छ। यसलाई मरमेड सिन्ड्रोम भनिन्छ।