नेपालले आफूसँगै केही नेताहरुको राजनीति सक्दैछन्ः प्रधानमन्त्री ओली

काठमाडौं। प्रधानमन्त्री एवम् नेकपा नेमालेका अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ नेता माधवकुमार नेपालले आफूसँगै केही नेताहरुको राजनीति समाप्त पार्न लागेकोे बताए। बालुवाटारमा शुरु भएको आफू निकट केन्द्रीय कमिटी सदस्यहरुको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले माधव नेपालको राजनीति सकिँदै गएको दाबी गरे।

‘अब हामी एमालेलाई शुद्धीकरण र सुदृढीकरण गराउँदै लैजानुपर्छ,’ ओलीले भने। आजकै बैठकमा पार्टी कारबाहीको एजेण्डा पनि राखिएको छ। ओलीले त्यसतर्फ संकेत गर्दै अब केही नेताहरुको राजनीति समाप्त हुने बताए।

अन्य सम्बन्धित समाचार:  कांग्रेस केन्द्रीय कार्यसमिति बैठक वैशाख ५ गते