वृद्धभत्ता ५ हजार बढाउँछौँ भन्नु कम्युनिष्टहरुको मूर्खता होः गगन थापा

सुर्खेत। नेपाली काँग्रेसका नेता गगन कुमार थापाले कम्युनिष्टहरुले देशमा अपराध गरिरहेको बताए। आफ्नो आन्तरिक लडाइँले यति लामो समय सम्म देशलाई अन्योलमा राख्ने काम कम्युनिस्टले गरेको आरोप लगाउँदै उनले त्यस्तो अपराध रोक्ने काम कांग्रेसको काँधमा आएको जानकारी दिए।

आज सुर्खेतमा नेता कार्यकर्ता भेटघाट कार्यक्रममा सम्बोधन गदै उनले भने , ‘लाखौँ युवाहरु विदेशमा हुनुहुन्छ। उहाँहरुको पठाएको पैसा सिंहदरबारमा जम्मा गरेर कम्युनिष्टहरुले वृद्धभत्ता ५ हजार बढाउँछौँ भनेर नारा फिँजाइरहेका छन्। त्यो कम्युनिष्टहरुको मूर्खता हो,’। युवाहरुले नै पठाएको पैसा वृद्धभत्ता भनेर बाँड्ने नभइ त्यी युवालाई देशमै रोजगारी दिनुपर्ने उनले धारणा राखे।

अन्य सम्बन्धित समाचार:  अनुशासन आयोगका प्रमुख बोहोराको ओलीलाई पत्रः सोमबारको बैठक तत्काल स्थगित गरौँ