कुलोमा डुबेर एक जनाको मृत्यु

माेटरसाइकल

सिन्धुली। सिन्धुलीको दुधौली नगरपालिका–२ हत्पतेका ५० वर्षीय करिया कुमर दनुवारको कुलोमा डुबेर मृत्यु भएको छ।

स्थानीय खेतको छतिवन कुलोमा मृत अवस्थामा कुमरको शव शनिबार फेला परेको जनाइएको छ। शुक्रबार दिउँसो कुलोको बाटो भएर घरतर्फ जाँदै गरेका दनुवार बेपत्ता भएपछि आफन्तले खोजबिन गरेका थिए। मदिरा सेवन गरी अचेत भएर कुलोमा पर्दा डुबेर मृत्यु भएको हुनसक्ने प्रहरीको अनुमान छ।

अन्य सम्बन्धित समाचार:  कोहलपुर दुर्घटना: मृतक मध्ये ४ जनाको सनाखत