काठमाडौं। काठमाडौंको कागेश्वरी मनोहराबाट तास खेलिरहेको अवस्थामा ५ जना पक्राउ परेका छन्। नगरपालिका–६ मुलपानीस्थित बिनोद फुयालको बरपिपल कोल्डस्टोर पसलभित्र तास खेलिरहेको अवस्थामा सोही नगरपालिका मुलपानी बस्ने ४० वर्षीय शरेस राई सहित ५ जनालाई आज प्रहरीले पक्राउ गरेको जनाइएको छ।
विशेष सूचनाको आधारमा महानगरीय प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले उनीहरुलाई तास खेलिरहेको अवस्थामा नगद ३४ हजार ६ सय ८० रुपैयाँ र ६ बुक तास सहित फेला पारी पक्राउ गरेको हो।