सत्यमोहन जोशीलाई नगेन्द्रप्रसाद–आशालता भाषा, साहित्य संस्कृति पुरस्कार

काठमाडौं। नगेन्द्रप्रसाद–आशालता रिजाल प्रतिष्ठानले यस वर्षको नगेन्द्रप्रसाद–आशालता भाषा, साहित्य संस्कृति पुरस्कार वरिष्ठ संस्कृतिकर्मी एवं साहित्यकार शताब्दी पुरुष सत्यमोहन जोशीलाई प्रदान गरेको छ।

शनिबार प्रज्ञा प्रतिष्ठानमा आयोजित एक समारोहकाबीच १ लाख ११ हजार १ सय ११ रुपैयाँ राशिको पुरस्कार जोशीलाई प्रदान गरिएको हो।

पूर्व प्रधानमन्त्री नगेन्द्र प्रसाद रिजाल र उनकी धर्मपत्नी आशालता रिजालको नाममा स्थापना गरिएको पुरस्कार साहित्य कला क्षेत्रमा योगदान पु¥याउने स्रष्टाहरुलाई प्रदान गरिँदै आएको छ।

कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगा प्रसाद उप्रेतीले रिजाल निर्विवाद र देशभक्त प्रधानमन्त्री भएको स्मरण गरे। प्रष्ठिानका सचिव एवं साहित्यकार दधिराज सुवेदीले प्रतिष्ठानले आगामी दिनमा स्रष्टा सम्मान कार्यक्रमलाई निरन्तरता दिने बताए।

सम्मानपश्चात शताब्दी पुरुष सत्यमोहन जोशीले प्रज्ञा प्रतिष्ठानको पदाधिकारी रहेर काम गर्दा रिजाललाई नजिकबाट चिन्ने अवसर पाएको स्मरण गरे। निष्पक्ष व्यक्तिको नामबाट स्थापित पुरस्कार पाउँदा प्रेरणा प्राप्त हुने उनको भनाइ थियो ।