चितवनमा हात्तीको आक्रमणबाट महिलाको ज्यान गयो

चितवन। चितवनमा  जंगली हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ। भरतपुर महानगरपालिका-१३ गंगानगरकी ५९ वर्षीया तुलमाया भुजेलको मृत्यु भएको हो।

आज बिहान ३ बजे चितवन राष्ट्रिय निकुञ्जबाट आएको जंगली हात्ती स्थानीय बेलसहर सामुदायिक बन हुँदै बस्ती प्रवेश गरेर घर भत्काउन थालेको थियो।

हात्तीले घर भत्काउन थालेपछि तुलमाया हारगुहार गर्दै भाग्ने क्रममा घर छिमेकी गोरे तामाङको आगनमा हात्तीले मारेको हो।

मृतकको शवलाई पोष्टमार्टमको लागि भरतपुर अस्पताल पठाइएको छ। जंगली हात्तीले चारजना स्थानीयको घर समेत भत्काएको छ।

अन्य सम्बन्धित समाचार:  मुख्यमन्त्री गुरुङले अविश्वास प्रस्ताव छल्न प्रदेशसभा अधिवेशन अन्त्य गरे