मनाङमा भएको ट्रक दुर्घटनामा मृत्यु हुनेको संख्या ६ पुग्यो

काठमाडौं। मनाङमा भएको ट्रक दुर्घटनामा मृत्यु हुनेको संख्या पुगेको छ। गएराति तीन वर्षका बालकको ज्यान गएसँगै ज्यान गुमाउनेको सङ्ख्या ६ पुगेको हो। अरु दुई जनाको उपचार भइरहेको छ।

सिमेन्ट बोकेर लमजुङको बेँसीसहरबाट मनाङ सदरमुकाम चामेका लागि छुटेको ध १ ख ५९२ नम्बरको ट्रक मस्र्याङ्दी नदीमा खसेको थियो।

दुर्घटनामा परेर नासो गाउँपालिका-४ ओडारकी ३५ वर्षकी मनीषा गुरुङ, उनका सात वर्षका छोरा लिउन, जलकाशी गुरुङ र तीन वर्षका निहल गुरुङको ज्यान गएको हो।

यस्तै मस्र्याङ्दी गाउँपालिका-५ घेर्मु घर भएका सहचालक लक्ष्मण नेपाली र चामे गाउँपालिका-४ का धनमान भनिने राजु विश्वकर्माको पनि ज्यान गएको डीएसपी सुवास खड्काले उज्यालोलाई जानकारी दिए।

अन्य सम्बन्धित समाचार:  ट्याक्टरको ठक्करबाट बालकको मृत्यु