सुनको मूल्य बढ्यो

काठमाडौं। साताको पहिलो दिन आज नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ। आज छापावाल सुन प्रति तोला ८७ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

अघिल्लो दिन उक्त सुन प्रति तोला ८६ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो। आज तेजाबी सुन प्रति तोला ८६ हजार ७ सय ५० रुपैयाँमा कारोबार भएको छ। आज यता चाँदी प्रति तोला १ हजार २ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिन चाँदी प्रति तोला १ हजार २ सय ७५ रुपैयाँमा कारोबार भएको थियो।

अन्य सम्बन्धित समाचार:  सुनको मूल्य बढ्यो, तोलाको कति?