कलङ्कीमा एक पुरुषको ढुङ्गाले हानेर हत्या

काठमाडौं। काठमाडौंको कलङ्की क्षेत्रमा एक पुरुषको हत्या भएको छ। आज बिहान अन्दाजी ५५ वर्षीय चौधरी थरका पुरुषको हत्या भएको प्रहरीले जनाएको छ। प्रहरीले हत्याको अभियोगमा सिन्धुली सुनकोसी गाउँपालिका घर भएका २१ वर्षीय दिनेश थापालाई नियन्त्रणमा लिएको छ। उनले चौधरीलाई ढुङ्गाले हानेर हत्या गरेका स्वकार गरेको प्रहरीले जानकारी दिएका छन्।

सडकमा सुतिरहेका चौधरीलाई ढुङ्गा लागेर घाइते भएपछि सहिद अस्पताल भर्ना गरिएको थियो। चौधरीको टाउकामा चोट लागेको थियो। मृतको अन्य विषयमा भने सनाखत हुन सकेको छैन। महानगरीय प्रहरी परिसर काठमाडौं, महानगरीय अपराध महाशाखा र महानगरीय प्रहरी वृत्तको टोलीले अभियुक्तको खोजी गर्दा आइतबार बिहान १० बजे कलङ्कीको ढुङ्गे अड्डाबाट पक्राउ गरेको हो। चौधरीको उपचारको क्रममा मृत्यु भएको जनाइएको छ। प्रहरीका अनुसार घटनाको थप अनुसन्धान भइरहेको छ।

अन्य सम्बन्धित समाचार:  काठमाडौंबाट दैलेख जाँदै गरेको बस दुर्घटना: सात जना गम्भीर घाइते