राष्ट्रपति भण्डारी भोलि बंगलादेशको राजकीय भ्रमणमा जाँदै, के के छन् तयारी ?

काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारी सोमबार दुई दिने राजकीय भ्रमणका लागि बंगलादेश जाने भएकी छन्। बंगलादेशका राष्ट्रिपति मोहम्मद अब्दुल हामिदको निमन्त्रणामा राष्ट्रपति भण्डारी भ्रमणमा जान लागेको परराष्ट्र मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ। बंगलादेशका राष्ट्रपिता बंगलाबन्धु शेख मुजबुर रहमानको सतवार्षिकी जन्म जयन्तिमा सहभागी हुन् भण्डारी बंगलादेश जान लागेकी जनाइएको छ।

परराष्ट्रमन्त्रालयका अनुसार उनी सोमबार र मंगलबार बंगलादेशका विभिन्न स्थानमा जाने र त्यहाँका उच्च अधिकारीहरुसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ। उक्त कार्यक्रममा भण्डारी नेपाल बंगलादेशबीचको सम्बन्ध बारे प्रवचन दिने छिन्। साथै भण्डारीले बंगलादेशका समकक्षी मोहमद अब्दुल हमिदसँग विभिन्न दुईपक्षीय विषयमा कुराकानी गर्ने र राजकीय भोजन कार्यक्रम समेत रहेको छ। त्यसैगरी राष्ट्रपति भण्डारीले त्यहाँको शहीद स्मारिकको भ्रमण गर्ने कार्यक्रम रहेको छ। ढाकास्थित नेपाली दूतवास भ्रमण गरी त्यहाँ रहेका नेपाली समुदायसँग भेट गर्ने कार्यसूची पनि रहेको छ।

अन्य सम्बन्धित समाचार:  प्रधानमन्त्री ओलीले देशवासीलाई सम्बोधन गर्दै

भण्डारीको भ्रमण दलमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, परराष्ट्र सचिव भरतराज पौडेल र अन्य केही उच्च सरकारी अधिकारी रहने छन् भण्डारीको भ्रमण दलमा एक सांस्कृतिक टोली पनि रहने छ। जसले ढाकामा जन्म शताब्दी समारोह कार्यक्रमको दौरान सांस्कृतिक प्रदर्शन देखाउँनेछ।