बाँकेमा कोरोनाबाट एक महिलाको मृत्यु

बाँके। बाँकेमा आज बिहान कोरोना संक्रमणबाट ६९ वर्षीया महिलाको मृत्यु भएको छ। नेपालगञ्ज उपमहानगरपालिका वडा नं २१ पुरैनाकी ती महिलाको भेरी अस्पताल नेपालगञ्जमा उपचारका क्रममा मृत्यु भएको बाँकेका कोरोना फोकल पर्सन तेज वलीले जानकारी दिए।

कोरोना पुष्टि भएपछि भेरी अस्पतालमा भर्ना गरि उपचार भइरहेको थियो। तर, स्वास्थ्यमा सुधार नआएपछि उनको मृत्यु भएको अस्पताल स्रोतले जनाएको छ। योसँगै बाँकेमा कोरोनाबाट मृत्यु हुनेको संख्या ५६ पुगेको छ।

अन्य सम्बन्धित समाचार:  पत्रकार मिश्रको कोरोना संक्रमणका कारण मृत्यु