राष्ट्रपति वायु सेवा निगमको जहाजमार्फत बङ्गलादेश प्रस्थान गर्ने

काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारी राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) को न्यारो बडी ए ३२० जहाजमार्फत बङ्गलादेश जाने भएकी छिन्। उनी यही चैत ९ र १० गते त्यहाँको राजकीय भ्रमण गर्दै छिन्।

निगमको कलसाइन ९ एकेएक्स उडान नं आर ए ००१ जहाजमार्फत राष्ट्रपति सार्क मुलुक बङ्गलादेश प्रस्थान गर्ने उडान तालिका रहेको जनाइएको छ। काठमाडौँ बङ्गलादेश उडान अनुमानित एक घण्टा १० मिनेटको हुने। राष्ट्रपति भण्डारी चैत १० गते बङ्गलादेशी समयानुसार अपराह्न ३ः४५ बजे काठमाडौँ फर्कने उडान तालिका छ। चार्टर्ड उडानको जहाजमा ‘रिफ्युलिङ एण्ड स्याम्पल टेष्टिङ’ उडान हुने दिन सोमबार बिहान ६ः३० बजे सकिने जनाइएको छ।

अन्य सम्बन्धित समाचार:  वैशाख ११ गते धरहरा टावरको उद्घाटन गरिने