जोगबुडा अस्पतालमा नागरिक स्वास्थ्यमाथि गम्भीर खेलवाडः कार्यालय सहयोगीका भरमा फार्मेसी

धर्मराज भट्ट, काठमाडौं। डडेल्धुराको परशुराम नगरपालिका–१२ जोगबुडा स्थित जोगबुडा अस्पतालले नागरिकको स्वास्थ्यमाथि गम्भीर खेलवाड गरिरहेको पाइएको छ। 

अस्पतालको फितलो व्यवस्थापनका कारण बिगत आठ महिनाबाट रेडियोलोजिस्ट विहीन बनेको छ। रेडियोलोजिस्ट नभएकै कारण कार्यालय सहायकले एक्सरे गर्दै आईरहेका छ्न्। 

अस्पतालमा बिरामीले विज्ञ स्वास्थ्यकर्मीहरु बाट उपचार त पाउँदैनन्, पाउँदैनन् त्यसमाथि बिरामीहरूलाई औषधि दिने काम पनि कार्यालय सहायकले नै गरिरहेको पाइएको छ।

यसरी कार्यालय सहायकले  नै एक्सरे गर्ने र औषधि दिनेकाम गरिरहँदा  त्यहाँका नागरिकहरूको स्वास्थ्यमाथि झन खेलवाड भइरहेको पाईएको हो। 

औषधि सम्बन्धी ज्ञानै नभएका व्यक्तिबाट बिरामीलाई औषधि दिईदा बिरामीको अवस्था झनै बिग्रने अवस्था आउने खतरा बढेको हो। यो अवस्था अहिले मात्रै आएको होइन।

अस्पतालमा कार्यलय सहयोगीले फार्मेसी सम्हाल्ने काम भइरहेको धेरै भइसक्यो तर स्थानीय सरकारले पनि आसै पहल गरेको देखिएको छैन। यस्तो गम्भीर लापरबाहीको विषयमा अस्पताल प्रशासन मौन छ। 

अस्पतालको यो अवस्थाका बारेमा अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट जितेन्द्र चौधरी सँग बुझ्दा उनले स्वीकार गरेका छ्न्

फार्मेसीको हकमा एक जना मात्रै फर्मासिस्ट भएको र जसका कारण दिनमा र राती एकै जनाले ड्युटी गर्न सक्ने अवस्था नरहेको उनले बताए।  

नगरपालिका सँग बेला बेलामा अर्को एक जना फर्मासिस्ट र रेडियोलोजिस्टको व्यवस्था गर्न समेत पहल गरिरहेको उनले बताएका छ्न्। तर यो विषयमा नगरपालिकाले कुनै चासो नदेखाएको पाइएको छ। 

यतिमात्रै होइन हुँदाहुँदा जनताको स्वास्थ्यमाथि समेत राजनीति भइरहेका तथ्यहरू बाहिरिएका छन्। अस्पतालमा कार्यरत अहेव गणेश नाथले केही दिन अघि मात्रै आफू कुनै पार्टी भित्र क्रियाशील रहेको कुरा सामाजिक सञ्जाल मार्फत स्वयं आफैले सार्वजनिक गरेका छन्।No description available.

यो विषयमा स्थानीयस्तरमा ब्यापक विरोध भइरहेको छ। यो विषयमा स्थानीयस्तरमा ब्यापक विरोध भइरहेको छ। स्थानीयले राजनीति नै गर्ने भए जागिर छोडेर राजनीतिमा आउन समेत उनलाई चुनौती दिएका छ्न्।

नेपाल सरकारका कर्मचारीबाटै राजनीतिको धाकधम्की दिनुले एक कर्मचारी मात्रै नभइ अस्पताल प्रशासनमै राजनीतिको फोहोरी रुप मौलाएको स्पष्ट भएको छ।

सुपरिटेन्डेन्ट चौधरीले अहेव नाथलाई कार्यालय उपस्थित भएपछि सामाजिक सञ्जालमा लेखेको राजनैतिक विषयका बारेमा स्पष्टीकरण सोधिने बताएका छन्।

अन्य सम्बन्धित समाचार:  सुदूरपश्चिममा उल्लासपूर्वक ‘बिसु’ पर्व मनाइँदै