सुनचाँदीको मूल्य घट्यो, तोलाको कति?

काठमाडौं। नेपाली बजारमा आज सुनचाँदीको मुल्य आरालो लागेको छ। आज सुनको मुल्य तोलामा २०० रुपैैंयाले घटेर प्रतितोला ८७ हजार रुपैंयामा कारोबार हुने सुनचाँदी व्यवसाय महासंघले जनाएको छ। हिजो नेपाली बजारमा सुनको मुल्य प्रतितोला ८७ हजार २०० रुपैंया रहेको थियो।

त्यसैगरी आज तेजावी सुनको मुल्य प्रतितोला ८६ हजार ५५० रुपैंया रहेको छ। साथै यता चाँदीको मुुल्य पनि तोलामा २० रुपैंयाले ओरालो लागेर प्रतितोला १२ सय ६० रुपैंया कायम भएको महासंघले जनाएको छ।

अन्य सम्बन्धित समाचार:  सुनको मुल्य बढ्यो, तोलको कति?