उपराष्ट्रपतिबाट राष्ट्रपतिको कार्यसम्पादन हुने

काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारी बङ्गलादेशको राजकीय भ्रमणमा गएपछि उनको अनुपस्थितिमा उनीबाट सम्पादन हुने कार्य नेपालको संविधानबमोजिम उपराष्ट्रपति नन्दबहादुर पुनबाट सम्पादन हुने जनाइएको छ।

राष्ट्रपति भण्डारी जनवादी गणतन्त्र बङ्गलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदको मैत्रीपूर्ण निमन्त्रणामा दुईदिने भ्रमणका लागि आज त्यसतर्फ प्रस्थान गरेकी छिन्।

अन्य सम्बन्धित समाचार:  जसपाका नेता कार्यकर्ताको मुद्दा फिर्ता लिने सरकारको निर्णय