नेपाल–खनाल पक्ष रणनीति बनाउन आन्तरिक छलफलमा

काठमाडौं। नेकपा एमालेको संस्थापन पक्षले स्पष्टीकरण मागेर कारवाही प्रक्रिया अघि बढाउने भएपछि नेपाल–खनाल पक्ष रणनीति बनाउन आन्तरिक छलफलमा जुटेको छ। आज माधवकुमार नेपाल र झलनाथ खनाल पक्ष स्थायी कमिटी सदस्यहरुको अनौपचारिक बैठक बसेर अबको बाटो के हुने भन्नेबारे छलफल गरिने कमिटीका एक सदस्यले जानकारी दिए। बैठक बानेश्वरको अर्याल होटलमा बस्ने भएपनि कतिबेला बस्ने भन्ने बारेमा टुंगो लागेको छैन्।

एमालेको संस्थापन पक्षको केन्द्रीय कमिटीको शनिबारको बैठकले गुटगत भेला गरेर पार्टी विरोधी गतिबिधि गरेको भन्दै माधव नेपाल, भीम रावल, सुरेन्द्र पाण्डे र घनश्याम भुसाललाई स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो।

स्पष्टीकरण मागिएको पत्र भने अहिलेसम्म पठाइएको छैन। यसबीचमा नेपाल पक्षले जनवर्गीय संगठनहरुका भेला बेलाई अलग नेतृत्व चयन प्रक्रिया जारी राखेको छ भने अब जिल्ला हुँदै तल्लो तहसम्म समानान्तर कमिटीहरु बनाउने क्रम बढेको छ।

अन्य सम्बन्धित समाचार:  राष्ट्रपति भण्डारीद्वारा संसदको चालु अधिवेशन अन्त्य