काठमाडौं। केन्द्रीय कमिटी बैठकको निर्णयअनुसार नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालसहित चार जना नेताहरुलाई स्पष्टीकरण पत्र पठाएको छ।
गएको शनिबार बसेको एमाले केन्द्रीय कमिटी बैठकले नेपालसहित नेताहरु भीम रावल, सुरेन्द्र पाण्डे र घनश्याम भुसाललाई कारबाहीका लागि स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो। उक्त निर्णयअनुसार आज महासचिव ईश्वर पोखरेलले पत्र पठाएको कार्यालयका सचिव ईश्वरी रिजालले जानकारी दिए।
उनका अनुसार नेताहरुका स्वकीय सचिवमार्फत स्पष्टीकरणपत्र पठाइएको हो। शनिबारको बैठकमा खनाल–नेपाल समूह अनुपस्थित थियो। पार्टी हितविपरीत काम गरेको र गुटबन्दी गरेको भन्दै उनीहरुलाई स्पष्टीकरण सोध्ने निर्णय गरिएको थियो।