केपी ओली पक्षले सोधेको स्पष्टीकरण स्वीकार्य छैनः भीम रावल

काठमाडौं। नेकपा एमालेका उपाध्यक्ष भीम रावलले पार्टी अध्यक्ष केपी ओली पक्षले सोधेको स्पष्टीकरण आफूहरुलाई मान्य नभएको बताए। उनले प्रधानमन्त्री ओलीले राखेको केन्द्रीय कमिटी बैठक अवैध भएको दाबी गर्दै त्यस्तो कमिटीले सोधेको स्पष्टीकरण स्वीकार नगर्ने जानकारी दिएका छन्।

अध्यक्ष ओलीले नवौ महाधिवेशनबाट पारित विधानलाई मिच्दै र अवैधरुपमा गठन गरिएको केन्द्रीय कमिटीको बैठकबाट उक्त निर्णय गरिएको हुँदा त्यसलाई स्वीकार नगर्ने दाबी गरेका छन्। अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा शनिबार बसेको केन्द्रीय कमिटीको बैठकले रावलसहित वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल, उपमहासचिव घनश्याम भुसाल, स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेलाई प्रष्टीकरण सोध्ने निर्णय गरेको थियो।

अन्य सम्बन्धित समाचार:  एमाले सांसदले गरे फ्लोर क्रस, मुख्यमन्त्री शाहीको पद जोगियो