तुलसीपुरमा स्कुलबस पल्टियाे: १ जनाको मृत्यु, २० विद्यार्थी घाइते

तुलसीपुर। दाङको तुलसीपुर सरैयाडाडाँ चोकमा स्कुल बस पल्टिदा १ जनाको मृत्यु भएको छ। २० जना घाइते भएका छन्। मृत्यु हुनेमा तुलसीपुर १६ निबासी सम्झाना केसी रहेको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जानाएको छ।

सम्झानाको सिटी हस्पिटल तुलसीपुरमा उपचारको क्रममा मृत्यु भएको ईलाका प्रहरी कर्यालय तुलसीपुरका प्रहरी निरीक्षक झलक प्रसाद शर्माले जानकारी दिए।

घाइतेहरुको राप्ती प्रादेशिक अस्पताल तुलसीपुर र कोहलपुरमा उपचार भइरहेको छ।

डुरुवाबाट विद्यार्थी लिएर तुलसीपुर जाँदैगरेको रा१क ४३३ नम्बरको पब्लिक ज्ञानज्योति कलेजको बस ब्रेक फेल भएर सरैयाडाडाँ चोकमा पल्टिएको विद्यालयले जनाएको छ ।