डा. जोशीको देशभक्ति गीत ‘देशको आउँछ याद’ सार्वजनिक

काठमाडौं। डा. आदित्य जोशीको नेपाली र हिन्दी भाषामा रचना गरेको देशभक्ति गीत सार्वजनिक भएको छ। नेपाली र हिंदी भाषामा रचना गरिएको उक्त गितमा डा. जोशीको लय र शब्द रहेको छ भने स्वर र संगीत नन्द नयारको रहेको छ।  उनले विदेशको ब्यस्त जीवन र कठोर संघर्षका बीच पनि आफ्नो जन्मभूमिलाई सहजै सम्झिने प्रयास गरेका छन्।

आफ्ना साथीहरू, परिवार र गाउँको माया शब्दमार्फत प्रस्तुत गरेको पाईन्छ। उनको गीतमा विहानीपख काममा गएर साँझपख पर्खिदा पसिनाको सुगन्धसँग रमाउने नेपाली परिवेश झल्किन्छ। विदेशमा रहदा पनि आफ्नो टाउकोको माथि चन्द्रमा देखेर त्यो उही नै चन्द्रमा हो जुन उनको गाउँको घर माथि पनि होला भनेर कल्पना गरेका छन्। साथै उक्त गित मार्फत उनले आफ्नो देशप्रतिको माया अपार रहेको खुलासा गरेका छन्।

अन्य सम्बन्धित समाचार:  अनमोललाई ७५ लाख अफर गरेको फिल्मको यस्तो छ नाम!

डा.आदित्य जोशी हाल अमेरिकामा बाल रोग विशेषज्ञका रूपमा काम गरिरहेका छन्। सधैँ आफ्नो जन्मभुमी र आफन्तजनको याद दिनरात आउने गरेको उनले गीत मार्फत प्रष्फुटित गर्ने प्रयास गरेका छन्।