लुम्बिनी प्रदेश सभाको बैठक ६ महिनापछि बस्दै

बुटवल। लुम्बिनी प्रदेशको प्रदेश सभाको बैठक ६ महिनापछि बस्ने भएको छ। प्रदेश मन्त्रिपरिषदको आज बसेको बैठकले चैत्र १८ गते प्रदेश सभाको सातौं तथा हिउँदे अधिवेसन बोलाउन प्रदेश प्रमुख समक्ष सिफारिस गर्ने निर्णय गरेको जनाइएको छ।

गत असोज २० गते प्रदेशको स्थायी राजधानी र नामाकरण टुंगो लागेसँगै बर्खे अधिवेशन सकिएको थियो। एउटा अधिवेशन अन्त्य भएको ६ महिनामा अर्को अधिवेशन बोलाउनैपर्ने संवैधानिक व्यवस्था छ। चैत २० गते ६ महिना पुग्नै लाग्दा १८ गते वैठक आह्वान गरिएको हो्।