नेता जोशीलाई श्रद्धाञ्जली दिँदै शुभचिन्तकहरु

काठमाडौं। नेपाली कांग्रेसका नेता तथा पूर्व मन्त्री नवीन्द्रराज जोशीलाई श्रद्धाञ्जली दिन शुभचिन्तकहरु उनको घरमा पुगेका छन्। दिवङ्गत नेता जोशीलाई श्रद्धाञ्जली दिन आज बिहानैदेखि शुभचिन्तकहरु उनको घर पुगेका हुन्।

फागुन १४ गते मस्तिस्कघात भई जोशी नर्भिक अस्पतालमा उपचाररत थिए। नर्भिक इन्टरनेशनल हस्पिटलमा उपचार गराइरहेका नेता जोशीको शुक्रवार राति ८ः२४ बजे निधन भएको थियो।

अन्य सम्बन्धित समाचार:  उपेन्द्र समुहले पदमुक्त गराएका चार सांसद पुनर्वहाली गर्न सर्वोच्चको आदेश