काँग्रेस केन्द्रीय समिति बैठक सुरु

काठमाडौं। नेपाली काँग्रेसको केन्द्रीय समितिको आकस्मिक बैठक पार्टी कार्यालय सानेपामा सुरु भएको छ। केन्द्रीय सदस्य तथा पूर्वमन्त्री नवीन्द्रराज जोशीको निधन भएपछि काँग्रेसले केन्द्रीय समितिको आकस्मिक बैठक डाकेको हो।
उक्त बैठकले जोशीको निधनमा शोक प्रस्ताव पारित गर्ने जनाइएको छ।

मस्तिष्काघात कारण शुक्रबार राति नेता जोशीको निधन भएको थियो। उनकोे पार्थिव शरीर आजै पार्टी कार्यालयमा श्रद्धाञ्जलीका लागि राखिँदैछ।

अन्य सम्बन्धित समाचार:  प्रधानमन्त्रीले ‘त्यो पर्दैन’ भनेपछि पुनः सपथ गराउन माग गर्दै सर्वोच्चमा परेको रिट दर्ता