काँग्रेसले नेता जोशीको सम्मानमा तीन दिन पार्टीको झण्डा आधा झुकाउने

काठमाडौं। नेपाली काँग्रेसले दिवंगत नेता नवीन्द्रराज जोशीको सम्मानमा तीन दिन पार्टीको पार्टीको झण्डा आधा झुकाउने भएको छ। आज बसेको केन्द्रीय समितिको आकस्मिक बैठकले नेता जोशीको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै चैत १५, १६ र १७ गते देशभरका पार्टी कार्यालयमा झन्डा आधा झुक्याउने निर्णय गरेको जनाइएको छ।

यस्तै, १७ गते एकदिन देशभरका पार्टी कार्यालय बन्द गर्ने निर्णय पनि गरेको छ। तीन दिन शोकसभा बाहेक कार्यक्रम पनि नगर्ने भएको छ। यस्तै, १३ दिनसम्म सबै पार्टी कार्यालयमा पुस्तिका राख्ने भएको छ। पार्टी सभापति शेरबहादुर देउवाको अध्यक्षतामा बसेको बैठकले शोक प्रस्ताव पनि पारित गरेको छ। जोशीप्रति एक मिनेट मौनधारण गरि बैठक सम्पन्न भएको छ।

अन्य सम्बन्धित समाचार:  प्रधानमन्त्री ओलीको निर्देशन– नागरिकको जीवनरक्षा गर्न के–के गर्नुपर्छ त्यो गर्नू

नेता जोशीको गएराति निधन भएको हो। फागुन १४ गते मस्तिस्कघात भई जोशी नर्भिक अस्पतालमा उपचाररत थिए।