झा दम्पती हत्या प्रकरण: थप तीन जना पक्राउ

महोत्तरी। महोत्तरी जिल्लाको पिपरा गाउँपालिका– ५ का ६६ वर्षीय मुसाफिर झा र उनकी ६० वर्षीया श्रीमती गीतादेवी झाको अपहरणपछि हत्यामा संलग्न भएको आशंकामा थप तीन जना पक्राउ परेका छन्। शुक्रबार पिपरा गाउँपालिका–५ सहोर्वाका झा दम्पतीको हत्यामा संलग्न भएको आशंकामा स्थानीय विकास झा, कैलाश झा र शम्भु झालाई प्रदेश प्रहरी कार्यालयले नियन्त्रणमा लिएको जनाइएको छ।

गत १० फागुनको राती आफ्नै घरमा सुतिरहेका झा दम्पती ओछ्यानबाटै हराएका थिए। घटना घटेको एक महिनापछि उनीहरुको शव बिहीबार माटो पुरेको अवस्थामा फेला परेको थियो। प्रदेश प्रहरी कार्यालयका अनुसार हाल उनीहरुमाथि सोधपुछ तथा अनुसन्धन भइरहेको छ। पक्राउ परिएका तीनै जना झा दम्पतीका नातेदार रहेको प्रहरीले जनाएको छ।

अन्य सम्बन्धित समाचार:  गाई काटेको अभियोगमा २ जना पक्राउ