केही दिनमा ओलीलाई दिएको समर्थन फिर्ता हुन्छ: प्रचण्ड

काठमाडौं। नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केपी शर्मा ओली तृत्वको सरकारलाई दिएको समर्थन केही दिनमा नै फिर्ता लिने बताए। नागरिक समाजले आयोजना गरेको नागरिकका प्रश्न र दलहरूको उत्तर विषयक अन्तक्र्रिया कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन्।

हत्त न पत्त समर्थन फिर्ता नलिन ममाथि दबाब छ। नलिई है भनिरहेका छन्। समर्थन फिर्ता लिइस् भने झन् भद्रगोल हुन्छ भनिरहेका छन्, अध्यक्ष प्रचण्डले भने, अब राजनीतिक र नैतिक रूपमा अब म धेरै दिन कुर्न सक्दिनँ।

राजनीतिक दलहरूबीच सहमति होस् र समर्थन फिर्ता सँगसँगै होस् भन्ने आफूले चाहेको समेत उनले बताए। उनले जनता एक भएर अघि बढेकाले प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको सेटिङ भत्किएको समेत जानकारी दिए।

अन्य सम्बन्धित समाचार:  महन्थको विज्ञप्तिः जसपाको कुनै बैठक बाेलाइएको छैन