देशभर थप ८५ जनामा कोरोना संक्रमण पुष्टि

देशभर

काठमाडौं। पछिल्लो २५ घण्टामा देशभर थप ८५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यो संगै देशभर हाल सम्म २ लाख ७६ हजार ७५० जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

मन्त्रालयका अनुसार आज देशभर ९३ जना कोरोना संक्रमित निको भएका छन् भने हाल देशभर १ हजार २८८ जना सक्रिय कोरोना संक्रमित रहेका छन्। त्यसैगरी आज देशभर कोरोना संक्रमणबाट ३ जनाको मृत्यु भएको छ भने हालसम्म देशभर ३ हजार २७ जना कोरोना संक्रमितको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

अन्य सम्बन्धित समाचार:  धौलागिरी हिमाल पुगेका चार पर्वतारोहीलाई कोरोना संक्रमण पुष्टि