ओलीलाई हटाउन नसके सडकमा आउँछुः प्रचण्ड

काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नयाँ सत्ता समीकरणको प्रयास भइरहेको बताए। प्रतिगामी केपी ओलीलाई हटाउन नेपाली कांग्रेस र जसपासँग सहकार्यको प्रयास जारी रहेको प्रचण्डले बताएका छन्।

प्रज्ञा प्रतिष्ठान डबलीमा आयोजित नागरिक आन्दोलनमा बोल्दै प्रचण्डले सदनबाट हटाउन नसकिए सडकमा आउने चेतावनी दिए। साथै उनले आफू माथि अन्याय भएको बताउँदै आफुलाई न्यायको आवश्यकता परेको समेत जानकारी दिए। 

 

अन्य सम्बन्धित समाचार:  केपी ओलीसँग कुनै सहमति भएको छैनः माधव नेपाल