आफैँले लगाएको डढेलोमा परी एक जनाको मृत्यु

आगलागी

धादिङ। नेत्रावती डबजोङ गाउँपालिकाको धाराधिरीस्थित गुइसामा आगोले जलेर एक जनाको मृत्यु भएको छ। बारीमा आगो लगाउने क्रममा बारी छेउको जङ्गलको आगोले जलेर नेत्रावती गाउँपालिका धाराधिरीका ६५ वर्षीय मानबहादुर तामाङ (मजरुम मम्बा) को मृत्यु भएको छिमेकी सिर्जा लामाले टेलिफोनबाट जानकारी दिए।

आफ्नै बारीमा आगो लगाउने क्रममा आगोले जलेर उहाँको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक महेन्द्र खड्काले बताए। शुक्रबार भएको घटना गाउँलेले पोलिएको अवस्थामा शनिबार मात्र मनबहादुरको शव फेला पारेका थिए।

अन्य सम्बन्धित समाचार:  कारागारमा रहेका १४ नेपालीलाई आममाफी दिने कतारको घोषणा