नेपाल र बंगलादेश गोलरहित पहिलो हाफसम्म बराबरीमा

काठमाडौं। ‘थ्री नेसन्स कप’ फुटबल प्रतियोगितामा नेपाल र बंगलादेशबीचको खेलको पहिलो हाफसम्म गोलरहित बराबरीमा सकिएको छ। दशरथ रंगशालामा नेपालले पहिलो हाफमा पाएको केही राम्रो अवसर गोल गर्न नसक्दा बंगलादेशसँग पहिलो हाफसम्म गोलरहित बराबरी खेलेको हो।

खेलको २१ औं मिनेटमा त्रिदेव गुरुङको क्रसमा अन्जन विष्टले राम्रो ठाउँमा गोल गर्ने अवसर पाएका थिए। तर उनले गरेको हेड पोष्टभन्दा माथिबाट बाहिरिएको थियो। खेलको २४ औं मिनेटमा त्रिदेवले गोल गर्ने अवसर पाएपनि उनको प्रहार गोलपोष्टभन्दा निकै परबाट बाहिरियो। खेलको ४० औं मिनेटमा जमल हुयाले प्रहार गरेको फ्रिकिक नेपालको गोलपोष्ट नजिकैबाट बाहिरिएपछि बंगलादेशले अग्रता बनाउने मौका गुमाएको थियो। फाइनल खेल १६ गते दशरथ रंगशालामा हुनेछ। प

अन्य सम्बन्धित समाचार:  युभेन्टसलाई सिरी ए बाट निष्कासनको चेतावनी