कांग्रेसका स्वर्गीय नेता जोशीको दाहसंस्कार

काठमाडौं। पूर्वमन्त्री तथा नेपाली कांग्रेसका नेता स्वर्गीय नवीन्द्रराज जोशीको दाहसंस्कार गरिएको छ। उनको पशुपति आर्यघाटमा दाहसंस्कार भएको हो। पशुपति आर्यघाटमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले जोशीलाई अन्तिम श्रद्धाञ्जली दिएका थिए।

यसअघि जोशीको पार्थिव शरीर पार्टी कार्यालय सानेपामा राखिएको थियो। नेपाली कांग्रेसका नेता कार्यकर्ता, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल लगायत विभिन्न दलका नेता शुभचिन्तक जोशीलाई श्रद्धाञ्जली दिन सानेपा पुगेका थिए।

अन्य सम्बन्धित समाचार:  राष्ट्रियसभा सदस्यमा खिमलाल देवकोटाको उम्मेदवारी दर्ता