गुल्मीमा बाबुद्वारा बलात्कृत किशोरीले छोरा जन्माइन्

गुल्मी। गुल्मीमा आफ्नै पिताबाट बलात्कृत भइ गर्भधारण गरेकी एक किशोरीले छोरा जन्माएकी छन्। बाग्लुङको निसीखोला गाउँपालिका–६ घर भई विगत १५ वर्षदेखि गुल्मीको सदरमुकाम तम्घासमा धामी काम गर्दै आएका अन्दाजी ६५ वर्षका पुरुषले आफ्नै १४ वर्षीया छोरीलाई पटक पटक बलात्कार गर्दै आएका खुलासा भएको थियो।

पीडित बालिकाकै आमाले दिएको जाहेरीका अनुसार प्रहरीले बलात्कारमा संलग्न पितालाई नियन्त्रणमा लिएको छ।आइतबार पीडित किशोरीले स्थानीय अस्पतालमा छोरा जन्माएकी हुन्। शिशु र आमाको स्वास्थ्य सामान्य रहेको छ।

अन्य सम्बन्धित समाचार:  न्यायिक व्यक्तित्व गुमायौः सर्वोच्च