होलीमा ट्राफिक प्रहरीको सक्रियता: सवारी चेकजाँचमा कडाइ

काठमाडौं। होलीमा हुनसक्ने दुर्घटनालाई लक्षित गरेर महानगरीय ट्राफिक प्रहरीले उपत्यकाको ९० ठाउँमा चेकिङ राखेको छ। महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) जनक भट्टराईले होली सवारी नियम तोड्ने र मादक पदार्थ सेवन गरेर सवारी चलाउने खालका गतिविधि नियन्त्रण गर्नको लागि ९ सय ट्राफिक प्रहरी परिचालन गरेको जानकारी दिए।

यस्तै महानगरीय प्रहरी कार्यालय पनि जबरजस्ती रंग दल्ने र लोला हान्नेलाई पक्राउ गर्ने गरी सुरक्षा योजना बनाएको बताएको छ।

अन्य सम्बन्धित समाचार:  फौजीकिराले मकैबाली नष्ट, किसान चिन्तित