कलङ्कीमा टिप्परको ठक्करबाट एक जनाको मृत्यु

माेटरसाइकल

काठमाडौं। काठमाडौंको कलङ्कीमा टिप्परको ठक्करबाट एक जना पैदलयात्रीको मृत्यु भएको छ। गतराति बल्खुबाट थानकोट जाँदै गरेको बा १ ख ५८९३ नम्बरको टिप्परले ठक्कर दिँदा करिब २५ वर्षीय पुरुषको मृत्यु भएको जनाइएको छ। उनको नाम ठेगाना पहिचान हुन बाँकी छ।

टिप्पर चालक ३० वर्षीय युवक थोकरलाई नियन्त्रणमा लिइएको महानगरीय ट्राफिक प्रहरी महाशाखाका एसएसपी जनक भट्टराईले बताए। जेब्राक्रसमा बाटो काट्दै गरेका पैदलयात्रीलाई टिप्परले ठक्कर दिएर गम्भीर घाइते बनाएको थियो। त्रिवि शिक्षण अस्पतालमा उपचारको क्रममा उनको मृत्यु भएको थियो।

अन्य सम्बन्धित समाचार:  अरुण तेस्रोको सुरुङभित्र एक मजदुरको मृत्यु